Logo

कनकमणि दीक्षितमाथि कांग्रेस नेता ठाकुरले लगाए गम्भीर आरोप, विदेशीको पैसा खाएर नेपालमा धार्मिक द्वन्द्व निम्त्याउन खोजे (भिडिओसहित)



काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका युवा नेता विकास ठाकुरले कनकमणि दीक्षितमाथि मिडियाको आवरणमा विदेशीहरुसँग पैसा लिएर नेपालमा धार्मिक द्वन्द्व निम्त्याउन चाहेको आरोप लागएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै ठाकुरले यस्तो गम्भीर आरोप लगाएका हुन् । ठाकुरले दीक्षितको सम्पत्तिमाथि पनि छानबिनको माग गरेका छन् ।

उनले भने,‘नेपालमा कनकमणि दीक्षित भन्ने एकजना व्यक्ति छन्, जो की मिडियाको आवरणमा विदेशी फण्डिङबाट जर्ज सोरस नामको एकजना अमेरिकी खर्बपति र युरोपियन युनियनलगायत पश्चिमाहरुको शक्तिहरुबाट पैसा लिएर उनले अहिले नेपालमा धार्मिक द्वन्द्व निम्त्याउन चाहन्छन् । यहाँ रहेको जुन पहिलादेखि चलिआएको सनातन धर्म जुन परम्परा छ, त्यसलाई समाप्त गर्न उनी कतै न कतै परिचालित भएको जस्तो देखिन्छ । र, उनको बारेमा विभिन्न समयमा अनुसन्धान पनि भएको हो । छानबिन पनि भएको हो । तर, उनलाइ २०७३ बैशाख १० गते अख्तियारले गैरकानूनी रुपमा अकुत सम्पत्ति कमाएको आरोपमा एरेष्ट पनि गरेको थियो । १० गते एरेष्ट गर्यो, बैशाख १५ गते विशेष अदालतले फैसला सुनायो । बैशाख २० गते सर्वोच्च अदालतले नै उनलाई छोडिदिएको थियो । तर, त्यो मुद्दामा सर्वोच्च अदालतले अख्तियारलाई भनेको थियो कि कुन बेलामा बोलाउने हो बोलाएर छानबिन गर्दा हुन्छ भनेको थियो । त्यो पनि आजसम्म छानबिन हुन सकेको छैन् । कनकमणि दीक्षितलगायत व्यक्तिहरु, जसले यहाँ नेता वा पत्रकार भनौं धेरैलाई आफ्नो सिस्टममा नचाउन र आफ्नो हिसाबको एजेण्डा बोकाउन जुन लागिरहेका हुन्छन्, त्यस्ता व्यक्तिहरुमाथि पनि फेरि पनि छानबिन हुनुपर्छ । २०७३ सालमा अख्तियारले छानबिन गरेजस्तो त्यस्तै छानबिन फेरि पनि होस । उनको सम्पत्ति छानबिन गरियोस । साझा यातायातमा भएको भ्रष्टाचारको फाईल खोलियोस । मेलम्चीमा गरिएको भ्रष्टाचारको फाईल खोलियोस । र, गैरकानूनी रुपमा अकुत सम्पत्ति कमाएको विषयमा पनि पूनः विषय उठाईयोस भन्ने म माग गर्न चाहन्छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot