Logo

नेप्से परिसुचक एकैदिन ४६ अंकले बढ्दा लगानीकर्ता उत्साहित



३० असोज, काठमाण्डौ । साताको पहिलो दिन आइतबार नेप्से ८ अंकले मात्र उकालो लागेको थियो । दशैको केही साता अघिदेखि ओरालो लाग्न सुरु गरेको नेप्से गत साताको अन्तिम दिनमा झिनो अंकले उकालो लागेको थियो । यस साताको सुरुदेखि भने नेप्से उकालो लाग्न थालेको छ ।

आइतबारको तुलनामा कारोबार रकममा पनि बृद्धि भएको छ । केही समययता ओरालो लाग्दै आएको बजार साताको दोस्रो दिन सोमवार नेपाल स्टक एक्सचेन्ज ४६ दशमलव ६२ अङ्कले बढेर परिसूचक १५ सय ६४ दशमलव ९० अङ्कमा पुगेको छ । यो दिन समग्रमा बजार ३ दशमलव ७ प्रतिशतले बढेको छ । १६३ कम्पनीको ५६ हजार ६ सय ३७ कित्ता सेयर ६० करोड ५० लाख ७६ हजार २ सय ४२ रुपैयाँको े सेयर कारोबार भएको छ ।

व्यापार बाहेकका समूहको परिसूचकमा सुधार भएको छ । होटेल समूहको परिसूचक ७८ दशमलव ०६, वाणिज्य बैङ्क समूह ४८ दशमलव ६६, बिमा समूहको २ सय ६४ दशमलव ७५ , जलविद्यूत समूहको ५२ दशमलव ५५, फाइनान्स ९ दशमलव ९, विकास बैंक ५७ दशमलव ३६ र अन्य समूहको परिसू्चक ७.५२ अङ्कले उकालो लागेका छन् भने व्यापार समूह ४ दशमलव २२ अंकले ओरालो लागेृको छ ।

त्यस्तै क बर्गका कम्पनी हरुको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स १० दशमलव २१ अंकले बढेर ३ सय २९ दशमलव ४१ विन्दुमा पुगेको छ । बजारमा दवदवा भएको बैकिङ समूहको परिसुचक बढ्दा पनि बजार उकालो लाग्न मद्धत पुगेको हो । त्यसैगरी विभिन्न कम्पनीको भाटाभट साधारण सभा र लाभांस आइरहेका बेला बजार बढ्नु स्वाभाविक नै मानिने गरेको छ ।

यसदिन सबैभन्दा बढी बैंक अफ काठमाण्डु लुम्बनीको १० करोड बराबरको सेयर कारोबार भएको छ । बुटवल पावर कम्पनी, चिलिमे हाइड्रो पावर लगायतका कम्पनीहरुको पनि यसदिन सबैभन्दा बढी सेयर कारोबार भएको छ ।सोमबार कर्णाली डेभलपमेन्ट बैंक, बेष्ट फाइनान्स कम्पनी, एन्बी इन्स्योरेन्सले झण्डै १० प्रतिशतको हाराहारीमा कमाएका छन, भने बिशाल बजार कम्पनी, प्राइम कमर्सियल बैंक प्रमोटर सेयर, देव विकास बैंक प्रमोटर सेयर, नेशनल लाइफ इन्स्योरेन्सका प्रमोटर सेयर होल्डरहरुले धेरै गुमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्