Logo

एकाबिहानै इण्डोनेशियामा भूकम्पः१० जनाको मृत्यु



काठमाडौँ, १३ साउन । इण्डोनेशियाको लोम्बक टापुमा आज बिहान भूकम्प जाँदा कम्तीमा १० जनाको ज्यान गएको छ। मानिसहरू सुतिरहेका बेला सखारै ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको हो।भूकम्पबाट कम्तीमा ४० जना घाइते भएको विवरण प्राप्त भएको छ।

भूकम्पका कारण कैयौँ घरहरू ढलेको अथवा अरू क्षति पुगेको बताइएको छ।घरहरू भत्किन थालेपछि मानिसहरू सडकमा निस्किएका थिए।

ुएक शताब्दीयताकै शक्तिशाली भूकम्पु

भूकम्पपछि कम्तीमा ६० वटा परकम्पहरू गएको अधिकारीहरूले बताएका छन्।नजिकैको बाली टापुमा पनि भूकम्पको झट्का महसुस गरिएको थियो। बाली जस्तै लोम्बक पनि लोकप्रिय पर्यटकीय स्थल हो।

अमेरिकी भूगर्भ सर्वेक्षण केन्द्रका अनुसार मटाराम शहरदेखि ५० किलोमिटर उत्तर(पूर्वमा भूकम्पको केन्द्रविन्दु थियो।बीबीसी



प्रतिक्रिया दिनुहोस्