Logo

डा. महत र केसीबीच बैठकमै हात हालाहाल, यसरी फुट्यो माइक



पुष ३, काठमाण्डौ । काँग्रेस महासमिति बैठकमा डा. प्रकाशशरण महत र जगदिश्वरनरसिंह केसीबीच हात हालाहालको स्थिती सृजना भएको छ ।

विधान मस्यौदा प्रतिवेदन बैठकमा प्रस्तुत गर्न ढिला भएपछि महासमिति सदस्यहरुले प्रतिवेदन विना बैठक चल्न नसक्ने अडान राख्दा हातहालाल अवस्था सिर्जना भएको हो ।

मंगलबारको बैठकमा महासमिति सदस्यहरुले केन्द्रीय समितिबाट विधान पारित नभई छलफल अघि नबढ्ने भनेर अडान लिँदै गर्दा सहमहामन्त्री डा प्रकाशशरण महतले नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसीको हातबाट माइक खोसेपछि तनाव भएको थियो ।

केसी बोल्दै थिएँ, एकाएक डा महत आएर माइक खोसेका हुन् । त्यसपछि धकेलाधकेल भएको थियो ।

महत र केसीबीचको विवादमा अधिकाँश महासमिति सदस्यहरुले केसीको पक्षमा हुटिङ गरेका थिए ।

त्यसपछि विधान मस्यौदा पेश भएपछि मात्रै बैठक सञ्चालन गर्ने गरी स्थगित भएको छ ।

पूर्व निर्धा्रित कार्यतालिका अनुसार काँग्रेसको महासमिति बैठक आज सकिने थियो । तर, बैठक सकिने दिनसम्म पनि विधान मस्यौदामा सहमति जुट्न नसकेपछि बैठकमा विधान मस्यौदा प्रतिवेदन पेश नै हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस्