माघ १३, काठमाण्डौ । नेपाल र युएईबीच जारी एकदिवसीय प्रतियोगितामा अर्धशतक प्रहार गरेका रोहित कुमार पौडेललाई प्रधानमन्त्री केपी ओलीले बधाई दिएका छन् ।
युएईसँगको दोस्रो एक दिवसीय क्रिकेटमा रोहितले ५८ बलमा ५५ रन बनाउँदा कीर्तिमान बनेको थियो ।
प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक प्रहार गरेकोमा बधाई दिएका हुन् ।
१६ वर्ष १४६ दिनको उमेरमा रोहितले ५५ रन बनाएर विश्व कीर्तिमान बनाएका हुन् ।
रोहितले एकदिवसीय क्रिकेटमा सबैभन्दा कम उमेरमा अर्धशतक पूरा गरेका थिए । यसअघि पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीको नाममा रेकर्ड कायम थियो । अफ्रिदीले १६ वर्ष २१७ दिनको हुँदा श्रीलंकाविरुद्ध ३७ बलमा शतक बनाएका थिए ।
यस्तै टेस्टतर्फ भारतका सचिन तेन्दुलकरको नाममा कम उमेरमा अर्धशतक बनाउने रेकर्ड थियो । सचिनले पाकिस्तानविरुद्धको टेष्टमा १६ वर्ष २१३ दिनमा अर्धशतक बनाएका थिए ।
प्रधानमन्त्री ओलीले रोहितको रेकर्डले राष्ट्रलाई हर्षित बनाएको बताएका छन् ।
हेर्नुहोस आलीको टुइट :
अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक वधाई ! अन्तर्रा्ष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको सय सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको रेकर्ड कायम गर्न सफल भएकोमा रोहितकुमार पौडेललाई हार्दिक वधाई ! अन्तर्राष्ट्रिय क्रिकेट जगतमा नेपाली युवाले पाएको सय सफलताले राष्ट्रलाई अत्यन्त हर्षित बनाएको छ ।
— KP Sharma Oli (@PM_Nepal) January 27, 2019