Logo

ज्ञानेन्दलाई मातृका यादवको चेतावनी-योभन्दा बढी दुःख पाउनुपर्ला (भिडियोसहित)



काठमाडौं, भदौ २४ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले पूर्व राजा ज्ञानेन्द्र शाहले अहिले पाएकोभन्दा बढी दुःख पाउनुपर्ने चेतावनी दिएका छन् । राजतन्त्रको अन्तपछि पनि पूर्व राजालाई सुविधा दिएर राखेको भन्दै चलखेल गरेमा नागार्जुनबाट पनि हटाइदिने चेतावनी दिएका हुन् ।

‘उहाँलाई चुप लागेर बस्दा राम्रो हुन्छ भनिदिनुहोस्,’ ऋषि धमलासँग प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन्मा भने, ‘नागार्जुनबाट हट्नुपर्ला ।’ दलाल र नक्कली बाबाहरुको भनाईमा लागेर पूर्व राजाले समय खेर फालिरहेको बताए । भारतका नक्कली बाबाहरुलाई भेटेको भन्दै त्यसले केही नहुने बताए ।

पूर्व राजा ज्ञानेन्द्रले राजतन्त्र ब्युँताउने दिवासपना बोकेर ज्योतिष र दलालहरुलाई खर्च गरिरहेको आरोप लगाए । उनले भने,’ व्यापारी शैलीमा दौडिनु व्यर्थ छ ।’ राजसंस्था कुनै हालतमा नफर्कने उनको ठोकुवा थिया । यादवले भने, ‘गणतन्त्र, संघीयता, धर्मनीरपेक्षता र समावेशी समानुपातिक प्रणाली हटाउने दिवासपना मात्र हो ।’

वर्तमान सरकारको पालामा तेल पाइपलाइन उद्घाटन भएको भन्दै अब जनताले ऊर्जामा राहत पाउने बताए । तेलको मूल्य आजैबाट घटाइसकेको भन्दै अब राहतको काम गर्ने बताए । सरकार कसैको इशारामा नचलेको भन्दै नेपालमा नेपाली जनताले भनेको मात्र लागू हुने बताए । उनले भने, ‘यहाँ न भारतले जे भन्छ त्यो हुन्छ । न चीनले जे भन्यो त्यो हुन्छ ।’

नेपालमा अर्काको खाने पनि गाली पनि गर्ने प्रवृत्ति रहेको भन्दै सभ्य बन्न सिक्नुपर्ने बताए । विदेशी सम्बन्धमा सोच विचार गरेर बोल्न प्रतिपक्षलाई भने ।

हेर्नुहोस् भिडियो:



प्रतिक्रिया दिनुहोस्