काठमाडौं, ७ असोज । दूध पिलाइरहेको बाख्रा मासुका लागि योग्य हो कि होइन ? त्यसमाथि पोथी जनावर खाने प्रचलन छैन । कानुनले पनि विभिन्न जनावरको पोथी बध गर्न र मासुका लागि प्रयोग गर्न बन्देज लगाएको छ । त्यसमाथि बाख्राको मासु खाइँदैन ।
तर, स्वास्थ्य सेवा विभागले बधशाला देखि भान्छा सम्म स्वच्छ र स्वस्थ मासु लेखेर जनावर र चराहरुको तस्बिर राख्दा पाठापाठीलाई दुध चुसाइरहेको बाख्राको तस्बिर समावेश गरेको छ । यसको सन्देश दुध चुसाउने बाख्रा पनि मासुका लागि योग्य भनेजस्तो गएको छ । स्वस्थ र स्वच्छ मासु सेवन गर्न भन्दै दुध चुसाउने बाख्रोका तस्बिर राख्नुले गम्भीर प्रश्न उठेको छ ।
पोष्टरमा नेपाल सरकारको लोगो छ भने स्वास्थ्य सेवा विभागको नाम छ । विभागले पोष्टरमा त्रुटी भएको स्वीकारिसकेको छ । तर, उसले गाईमा मात्र त्रुटी देखेको छ । बाख्रामा देखेको छैन । तस्बिरः सामाजिक सञ्जाल