Logo

कास्कीमा नेकपाकी विद्या भट्टराई जितको नजिक



काठमाडौं,१५ मंसिर । कास्की-२ मा नेपाल कम्युनिष्ट पार्टीकी विद्या भट्टराई जितको नजिक पुगेकी छिन् । पछिल्लो मत परिणाम अनुसार भट्टराईले निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका खेमराज पौडेलभन्दा दोब्बर मत प्राप्त गरिसकेकी छिन् ।

अब गन्न बाँकी मतले पनि पौडेलले भट्टराईलाई उछिन्न नसक्ने भएकाले नेकपा उम्मेदवारको जित निश्चित भएको छ । भट्टराईले १५४४२ मत प्राप्त गर्दा पौडेलले ७७९६ मत प्राप्त गरेका छन् । त्यस क्षेत्रमा चुनाव लडेर चर्चामा आएका अन्य उम्मेदवारहरुले जमानत जोगाउन नसक्ने देखिएको छ ।

कास्कीमा शनिबार सम्पन्न मतदान पछि राति नै मतगणना शुरु गरिएको थियो । पूर्वमन्त्री रवीन्द्र अधिकारीले चुनाव जितेको क्षेत्रमा उनकै पत्नी विद्या भट्टराईलाई नेकपाले उम्मेदवार बनाएको थियो । File Photo



प्रतिक्रिया दिनुहोस्