जब कसैलाई मनैदेखि माया गरिन्छ तब सारा संसार भुलिन्छ । सबैको माया गर्ने तरिका पनि आ–आफ्नै किमिमको हुन्छ । कसैले माया दर्शाउनको लागी फुल बोकेर जान्छन् भने कोहीले सुन्दर उपहार आफ्ना प्रेमी जोडीलाई दिन्छन् ।
सबैका तरिका आफ्नै हुन्छन् । त्यस्तै एउटा घटना भएको छ । यहाँ एउटा त्यस्तो जोडी छ, एक अर्काको रगत पिएर माया देखाईरहेका हुन्छन् । सुन्दा पनि डर लाग्ने अचम्मको माया गर्ने तरिका छ ।
इटालीको यो जोडीले माया देखाउनको लागी एक दोश्रोको रगत पिउने गरेका छन् । ३० वर्षिय मागो डेनिस र २० वर्षको इलारिया ले सुइको साहाराले झिकेर एक अर्काको रगत पिउँछन् । यसरी माया गर्दा उनीहरुको माया बढिरहेको उनीहरुले बताएका छन् । गर्मी महिनामा रगत छिटो सेलाउने हुनाले सिरिन्जको सहायताले रगत निकाल्ने र पिइहाल्ने पनि बताएका छन् । कोहि मानिसहरु पनि यस्तो हर्कत मन पराउँदैनन् ।
यी जोडीको भेटघाट एउटा सर्कसमा भएको थियो । उनीहरुले जर्मनीमा बनेको पिशाचमा आधरित फिल्मबाट प्रभावित भई आफूहरुले शुरु गरेको पनि बताएका छन् ।