Logo

रिमोट चोर्दा २२ वर्षको सजाय



हामीलाई लाग्छ- एउटा रिमोट मामुली वस्तु हो । यो चोर्नेलाई सामान्य कारवाही होला । तर, अमेरिकाको व्हीटन शहरमा एक चोरले रिमोट चोर्दा २२ वर्षको सजाय पाएका छन् । एरिक ब्रेमवेल नामको चोरले एक अर्पाटमेन्टबाट युनिभर्सल रिमोट चोरेका थिए ।

वास्तवमा एरिक शातिर अपराधी हुन् । चोरी गरेर सबै प्रमाण मेटाएर फरार हुनेमा उनी एक नम्बरका माहिर भएका कारण अदालतले उनलाई अपराधी तोकेकोे थियो ।

चोरीको क्रममा एउटा पन्जा अपार्टमेन्टको तल भेटिएको थियो । प्रहरीलाई उनीमाथि शंका लागेर पक्राउ गरी अनुसन्धान गर्दा उनी नै चोर भएको प्रमाणित भएको थियो । पक्राउ पछि उनलाई २२ वर्ष कैदको सजाय सुनाइएको थियो ।



प्रतिक्रिया दिनुहोस्