विवाहको परम्परा विभिन्न स्थानमा फरक फरक हुने गर्छ । कुनै ठाउँमा भएको परम्पराले दुनियाँ सबैलाई दिक्क बनाउने गर्छ । यो अचम्मको परम्परा फिजी भन्ने देशको हो । परम्पराको नाम तबुआ हो । यो परम्पराले यो देशको खुब चर्चा भएको छ ।
विवाह गर्नु पहिला दुलाहाले दुलहीको पितालाई विश्वको सबैभन्दा ठूलो माछाको दाँत दिने गर्छन् । फिजीमा वर्षौदेखि मानिसहरु तबुआ परम्परा मान्दै आएका छन् ।
एउटा सम्पन्न परिवारको केटा हो भन्ने यो परम्पराबाट पुष्टि हुने उनीहरुको विश्वास रहेको छ । यसलाई साँचो मायाको पनि प्रतिक मानिने गरिएको छ । आफ्नो हुनेवाला दुलहीको लागि समुन्द्रको सयांै गहिराईमा गएर व्हेलको माछाको दाँत निकालेर केटीको पितालाई दिने गर्छन् ।
फिजीको यो परम्परा धुमधामसँग मनाउने गरेका छन् । विवाह हेर्न धेरै सख्यामा मानिसहरु उपस्थित हुने गरेका छन् । समुन्द्रको गहिराईमा पुगेर खतरनाक व्हेलको दाँत फुकालेर ल्याउने काम असम्भवप्रायः मात्र नभई जोखिमयुक्त हुन्छ ।