Logo

७३ वर्षमा जुम्ल्याहा बच्चाकी आमा



दक्षिणी भारतको राज्य आन्ध्र प्रदेशमा ७३ वर्षीया महिलाले जुम्ल्याहा छोरीहरुलाई जन्म दिएकी छिन् । मंगयम्मा यारामती नाम गरेकी महिलाले आन्ध्रको अस्पतालमा ती शीशुहरुलाई जन्म दिन सफल भएको हुन् ।

डाक्टरहरुले आईवीएफ प्रविधिको उपचार पछि जुम्ल्याहाहरुको उद्धार गरेका हुन् । आमा र बच्चाहरु सुरक्षित रहेको जनाइएको छ । वैवाहिक जीवनपछि बच्चा नभएर बाँज भनिएकी यारामतीले ७३ वर्षको उमेरमा आमा बन्ने सौभाग्य पाएकी छिन् । उपचार सल्यक्रियाबाट भएको र निकै सुरक्षित भएको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्