Logo

जलेश्वर–बर्दिबास सडकखण्डमा दुई दिनदेखि यातायात अवरुद्ध



जलेश्वर, २० पुस : महोत्तरी जिल्लाको प्रमुख सडकका रुपमा रहेको जलेश्वर–बर्दिबास सडकखण्डमा दुई दिनदेखि यातायात अवरुद्ध भएको छ । सो सडकखण्ड थप चौडाइ गर्ने लगायतका निर्माण कार्य भइरहेका कारण दुई दिन परेको वर्षाको पानीले सडकमा जम्मा गरिएका माटोहरु हिलोमा परिणत भई यातायातका साधन चलाउन नसकिने अवस्था भएपछि दुई दिनदेखि सडकखण्ड अवरुद्ध भएको हो ।

जलेश्वरदेखि बर्दिबाससम्मको ४२ किलोमिटर सो सडकखण्डमा प्रत्येक दिन बिहान ५ देखि बेलुका ५ बजेसम्म जम्मा १३ वटा सार्वजनिक यातायातका साधन बस सेवा चल्दै आएकामा दुई दिनदेखि १३ वटै बस नचलेको बस व्यवसायीले जनाएका छन् । उनीहरुले वर्षाले गर्दा हिलैहिलो भएको सडकमा बस चलाउँदा पार्टपुर्जाहरु टु्ट्ने, बिग्रने र दुर्घटना हुने सम्भावना रहेकाले बस चलाउन बन्द गरिएको बताएका छन् । बसलगायत कुनै सार्वजनिक सवारीसाधन नचल्दा त्यस भेगका करिब १० वटा स्थानीय तहका हजारौँ यात्रु मारमा परेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्