Logo

चार घन्टामा २३ पटक हृदयघात हुँदा पनि जिवितै



मानिसको जन्म र मृत्युको टुंगो हुँदैन । त्यसैले होला कोही सानो तिनो दुर्घटनाबाट पनि मरिहाल्ने त कोही २३ पटक हृदयघात हुदाँपनि बाँच्ने । मृत्यु टर्दैन र बाँच्नै लेखेको रहेछ भने जस्तोसुकै दुर्घटनाबाट मानिस बाँच्छ । यस्तै भएको छ एक वृद्धलाई ।

६० वर्षका वृद्धलाई चार घन्टामा २३ पटक हृदयघात हुँदापनि मरेनन् । ती वृद्ध नातीको साथमा क्रिक्रेट खेल्दै थिए । उनलाई एक्कासी छातीमा समस्या आयो । उनलाई पटक पटक गरी २३ पटक त्यो समस्या आएपनि यस्तो खतरनाक स्थितिबाट बाँच्न सफल भए ।

धेरै समय देखि उनले धुम्रपान गर्दै आएका थिए । उनको छातीमा दुखाई शुरु भएपश्चात अस्पताल पुगेका थिए । ईसीजी गराउँदा हृदयघात भएको पत्ता लागेको थियो । उनको उपचारमा खटिएका विशेषज्ञहरुले चार घन्टामा २३ पटक हार्टअटैक भएर पनि बाँचेको पहिलो पटक देखेको बताएका थिए ।

उनले डाक्टरले दिएको सल्लाह अनुसार दैनिक व्यायाम गर्नुका साथै डाइट चार्ट अनुसार फलो गरेर झन् स्वास्थ्य राम्रो बनाउनुको साथै थप उत्साह बढेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्