Logo

यी महिलाले पतिको प्रेमीकासँग विवाह गराइदिइन्



महिलाहरुलाई सबै सहन सक्छन तर आफ्नो पतिमाथि अर्को स्त्री सम्बन्ध गाँस्न पुगेको सहन सक्दैनन् । तर एउटी महिलाले भने आफूमाथि पतिको प्रेमिकालाई सौताको रुपमा स्वीकार गरी विवाह नै गरिदिएकी छिन् ।

६० वर्षीय डाँन टाँम मिलरकी पत्नीले यस्तो अनुमती दिएकी हुन् । १९ वर्षिया प्रेमीका रेबा मिलरको बच्चाको आमा हुन लागेको बताएपछि विवाह गरिएको थियो । दुई श्रीमतीको लागि छुट्टाछुट्टै आलिसन भवन बनाएर बस्ने टाँमको योजना छ ।
विवाह पश्चात यी तीनैजना एकै ठाँउमा बसिरहेका छन् ।

यी दुईको उमेर धेरै फरक भएर रेबाको परिवारमा टाँमसँग गर्न लागेको विवाहको विरोध भएको थियो । विरोधको बाबजुद पनि उनले परिवारको सहमतीमा नै विवाह गरेकी हुन् ।

अहिले तीनै जना निकै खुशी रहेको बताइएको छ । यीनीहरुले जन्मने बच्चाले तीनै जनाको माया पाउने आशा गरेका छन् । पहिली पत्नी बेलिंडा पनि रेबाको हुकैदै गरेको पेटको बच्चालाई लिएर निकै उत्साहित रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्