फिल्ममा त कयौ वर्षदेखि आफ्ना मायालुुलाई कुरेर बसेको त देखेकै हो । तर वास्तविक जीवनमा भने वर्षौ कुर्ने भनेको कमै हुन्छन् । तर रेलको स्टेशनमा एक व्यक्तिले २० वर्षबाट आफ्नो पे्रमिका फर्कने पर्खाइमा बसेका हुन्छन् । २० वर्ष अघि उनकी प्रेमिकाले उनीसंग बचन दिएकी थिइन् । तुरुन्त फर्कने र उनीसंग डेट जाने । उनी ताइवानको शिबुया स्टेशनको बाहिर आज पनि उनले पर्खिरहेका छन् । उनकी प्रेमीका फर्कने र डेट जानेमा ढुक्क रहेका छन् ।
हचिको ट्रेन स्टेशनमा उनीहरुको भेट भएको थियो । उक्त स्टेशनमा माया बसेका थियो । त्यहि समयमा फेरी पनि डेट जाने बचन प्रेमिकाले दिएकी थिइन् । फेरी भेट्ने बाचा गरेपनि उनकी प्रेमिका भने आजसम्म आएकी छैैनन् । तर उनको भेट्ने आशा भने टुटेको छैन ।
आह को प्रमिकाको नाम हचि हो । उनी ताइवानबाट आफ्नो प्रेमी संग छुट्टिएकी थिइन् । हाल आह हचिको लागी सबैकुरा छोडेर भिखारीको जीन्दगी गुजरीरहेका छन् । उनका घरपरिवारले समय समयमा खाना र कपडाको व्यवस्था गरी घरमा बस्न आग्रह गरेपनि उनले बारम्बार अस्विकार गरिरहेका छन् ।
आफ्नी प्रेमिका हचि फर्केर आएपछि आफ्नो जीन्दगी नै परिवर्तन हुने आशामा आह बाँचिरहेका छन् ।