Logo

कुवाको पानी पिउँदा सर्पको विष फाल्ने



कसैलाई सर्पले डसेमा मानिसको गला सुख्खा हुन्छ । बिरामीलाई तुरुन्त डाक्टरकोमा लगिन्छ । विष निकाल्नको लागि तन्त्र मन्त्र पनि गरिन्छ । तर यी सबै विधिलाई छोडेर आज हामी एउटा कुवाँको बारेमा चर्चा गर्नेछौ ।

भारतको एक गाउँमा पानी पिउँदा विषालु सर्पको विष जाने बताइएको छ । ग्रामीण भेगका मानिसहरु सर्पदंशका कारण निकै पिडामा थिए । तीनीहरुले त्यहिको पानी पिएकाले स्वस्थ भएका हुन् । उक्त ठाउँमा ठुलो मस्जिद नजिकै पानीको कुवाँ रहेको छ उक्त कुवाँले पानीको प्यास मेटाउनुको साथसाथै औषधीको पनि काम गर्छ ।

प्राचीन समयदेखि उक्त कुवाँको पानीलाई सर्पको विष फाल्न सफल भएको मानिएको छ । सर्पदंशको शिकार भएमा गाउँका मानिसहरु कुवाँको पानी खाएर निको भएको बताएका छन् । अन्य गाउँका मानिसहरु पनि बिरामी हुदाँ त्यहि आउने स्थानियहरुले बताएका छन् । मानिसहरुले कयौपटक पानी बोतलमा लगेर उपचार गरेको पनि स्थानियहरुले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्