Logo

जन्मने बित्तिक्कै शिशु रिसाएपछि



ब्राजिल, फागुन १७ । एक नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ। यसको मुख्य कारण भनेको नवजात शिशुको एक्सप्रेशन।

यो घटना ब्राजिलको रियो डी जेनेरियो अस्पतालको हो। १३ फरवरीमा एक महिलाले शिशुलाई जन्म दिएकी थिइन्। नाभी काट्नु अघि चिकित्सकले शिशुलाई रुवाउने कोशिस गरे। त्यसक्रममा नवजात शिशुले देखाएको प्रतिक्रियाबाट चिकित्सक छक्क परेका छन्।

चिकित्सकका अनुसार शिशु जन्मिने समयमा रोएकी थिइनन्। नाभी काट्नु भन्दाअघि नवजात शिशुलाई रुवाउने कोशिस गरे। नवजात शिशु स्वस्थ्य रहेको र फोक्सोले राम्ररी काम गरेको सुनिश्चित गर्न शिशुलाई रुवाउने प्रयास गरिएको थियो। तर उक्त समयमा नवजात शिशुले धेरै रिसाएको प्रतिक्रिया देखाइन्। उनको यस्तो प्रतिक्रिया देखेर अस्पतालको वातावरण खुशीमय बनेको थियो।

डेलीमेलका अनुसार डाइनी डे जेसस बारबोसाले नवजात शिशुको तस्वीर खिच्न स्थानीय प्रोफेशनल फोटोग्राफर रोड्रिगो कुन्सटमनलाई हायर गरेकी थिइन्। नवजात शिशु रिसाएको तस्वीर उनले कैद गरे, जुन अहिले भाइरल भएको छ। रोड्रिगाका अनुसार शिशु जन्मेपछि रोएकी थिइनन्। चिकित्सकले शिशुलाई रुवाउन कोशिस गरेका थिए।

चिकित्सले रुवाउने प्रयास गर्दा शिशुले आँखा ठूला ठूला पारेकी थिइन्। तर उनी रोएकी थिइनन्। चिकित्सकले उनलाई आग्रह गर्दै भनेका थिए, ‘रोउ न ईशा’। यसपछि शिशुले आफ्नो अनुहार गम्भीर बनाइन्। नाभी काटेपछि भने उनी रुन थालिन्।एजेन्सी



प्रतिक्रिया दिनुहोस्