Logo

विश्व रेर्कड राखेको ११ दिनैमा संसार छोडे



एजेन्सी, १४ फागुन । विश्वकै जिवित वृद्धमा नाम लेखाएको ११ दिन मात्र बितेको थियो जापानका जिटेट्सु वाटानाबेको आइतबार मृत्यु भएको छ । उनले १२ फेब्रुअरीमा गिनिज बुकमा नाम लेखाएका थिए । त्यतिबेला वाटानाबे ११२ वर्षका थिए ।

मार्चमा उनको जन्म दिन आउँदै थियो । ११ दिनपछि जन्मदिन मनाउने तयारी भइसकेको थियो । उनको निधन भयो । यसको कारणबारे कुनै जानकारी छैन । ५ मार्च सन् १९०७ मा जन्मिएका वाटानाबे कृषिका जानकार थिए । उनी ताइवानमा काम गरे । १०४ वर्ष हुँदासम्म उनी खेतीपातीमा समेत ध्यान दिन्थे । चार सन्तानका बाबु उनले विश्वयुद्धमा समेत सैनिकका रुपमा काम गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्