Logo

कतै मास्कको कालोबजारी कतै निःशुल्क वितरण (फोटोफिचर)



काठमाडौं, ८ चैत्र । अहिले देशमा मास्कको कालोबजारी बढिरहेको छ । सरकारले मास्कको कालोबजारी गर्नेहरुलाई धमाधम पक्राउ गरिरहेको छ । तर, महालक्ष्मी नगरपालिका ८ बिष्णुडोल र शंखादेवी क्षेत्रमा मास्क निःशुल्क पाइन्छ ।

स्थानीय युवाहरुले मास्क निःशुल्क वितरण गरिरहेका छन् । कोरोना भाइरसको संक्रमणको जोखिमसँग बच्न अनिवार्य मास्कको प्रयोग गर्न भन्दै निःशुल्क वितरण गरिरहेका हुन् । आज शनिबार विहानबाट निःशुल्क मास्क वितरण गरिएको हो ।

मास्क वितरणमा सहभागी समाजसेवी युवा विवेककुमार कार्कीका अनुसार आज विहानसम्म आठ सयवटा मास्क वितरण भइसकेको छ । आवश्यकता अनुसार मास्क निःशुल्क वितरण अभियान चलाइरहने जानकारी दिए । संकटको बेलामा सबै मिलेर एक अर्कालाई सहयोग गर्नुपर्ने सोचका साथ सचेतना कार्यक्रम र निःशुल्क मास्क वितरण चलाइएको उनले बताए ।



प्रतिक्रिया दिनुहोस्