अरुले तपाइँ माथी दोषारोपण गर्दा कस्तो लाग्छ ? सामान्यतया जब कोहि तिमी माथी दोष दिन्छ भने तिमी खिन्न र नरमाइलो महसुस गछौ । तपाइँलाई थाहा छ कि कसैले आफु माथी चोट पु¥याइरहेको छ । बाहिरी रुपमा पिडा नदेखाएपनि हामीलाई भित्र भित्रै भएको हुन्छ ।
एउटा आरोपले तिमीलाई केही नराम्रा कार्यहरु देखाइदिन्छ । यदि तपाइँलाई यसबारेमा सत्यतथ्य थाहा छ भने प्रतिरोध गर्नुपर्छ । हेलचक्राई गरी बसेमा तिम्रो राम्रो काम पनि ओझेलमा पर्नेछन् ।
आफु भित्र भित्र मात्र प्रतिरोध नगरी बाहिरी रुपमै प्रतिरोेध गर्नुपर्छ । भित्र भित्र गुम्साउदा मानसिक रुपमा धेरै असर गर्छ । अरुले आफुलाई विभिन्न खराब आरोप लगाएर रमाउन खोजेमा यसको प्रतिरोध गरी आफु हल्का महसुस गर्नुपर्छ ।