Logo

रगत अभावलाई दृष्टिगत गरी हाम्रो युवा समूहको आयोजनामा रक्तदान



ललितपुर, २८ चैत्र । महालक्ष्मी नगरपालिकामा हाम्रो युवा समूहले रक्तदान कार्यक्रम आयोजना गरेको छ । रगतको अभावलाई दृष्टिगत गरी समूहले आज व्यवस्थित रुपमा रक्तदान कार्यक्रम आयोजना गरेको हो ।

नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोग र विष्णुडोल बहुउद्देश्यीय सहकारी संस्थाको सहयोगमा नगरको शंखादेवी परिसरमा आयोजना भएको रक्तदानमा ६० जना रक्तदाताले रक्तदान गरेका थिए । रक्तदान विना भीडभाड सामाजिक दूरी कायम गरी गरिएको थियो ।

रक्तदानमा महिला र पुरुषले उल्लेख्य संख्यामा सहभागिता जनाएका थिए । रक्तदातामध्ये कतिपयले समय अभावका कारण रक्तदान गर्न नपाएपछि उनीहरुको नाम सूचीमा दर्ता गरी पुनः अर्को दिन गर्ने गरी सम्पन्न गरिएको थियो ।

नेपाली काँग्रेसका युवा नेता समेत रहेका हाम्रो युवा समाजका विवेक कुमार कार्कीले संकटको बेलामा जे जस्तो समस्या आएपनि समाधानका लागि आफूहरु नगरभित्र दत्तचित्त भएर लागेको बताए । रोकथामका लागि आवश्यक सबै उपाय अपनाएर समाज सेवामा समर्पित भएको बताए । यसअघि समाजले नगरपालिकाभित्र स्यानिटाइज गर्नुका साथै दैनिक ज्यालादारी गरी गुजारा गरेर नगरभित्र बसेका ५ सय जना परिवारलाई राहत वितरण गरिसकेको छ ।

हाम्रो युवा समाजले महामारीको रोकथामका लागि लकडाउनका बखत जिम्मेवारीपूर्वक खेलेको भूमिकाको सर्वत्र प्रशंशा भइरहेको छ । जस्तोसुकै विपतमा पनि सेवा गर्नुपर्छ भन्दै हाम्रो युवा समूहका विवेक कुमार कार्कीले कसैलाई समस्या परेमा तत्काल सम्पर्क गर्न आग्रह समेत गरे ।



प्रतिक्रिया दिनुहोस्