Logo

९९ वर्षिय बृद्धको कैदी बन्ने चाहना



हरेक कोहीको मनको केही आकांक्षा यस्ता हुनछन, जुन मर्नु भन्दा पहिला पुरा गर्न चाहन्छिन् । ९९ वर्षका बृद्ध महिलाको अचम्मको आकांक्षा पुरा भएको छ । यी महिला मर्नु भन्दा पहिला जेलमा कैदी बन्न चाहन्थिन् । यीनको यो इच्छा पुरा भएको छ ।

बृद्धले आफ्नो भतिजीलाई इच्छा बताएकी हुनाले भतिजीले प्रहरी स्टेशनमा गएर अनुरोध गरेकाले उनको इच्छा पुरा भएको हो । महिला प्रहरीले बृद्धको हातमा बकाइदा हथकडी लगाएर जेल भित्र लगेका थिए । जेल भित्र लगिरहदा बृद्ध भने निकै खुशी थिइन् । केही बेरमा ने उनलाई जेलबाट बाहिर निकालियो । तर उनको चर्चा भने पुरै शहरमा फैलिएको हो ।



प्रतिक्रिया दिनुहोस्