Logo

बच्चाको मुटु छाती बाहिर



चीनको एक चिकित्सकले एक दुर्लभ अवस्थाका बच्चाको शल्यक्रिया गरेका छन् । १ सय १२ दिनको बच्चाको जन्मँदा नै मुटु बाहिर थियो । पेन्टोलाजी अफ सैनट्रेल नामक विषम समस्या १० लाखमा एक बच्चामा हुन्छ । बच्चाको नाम अनान हो र उक्त बच्चा शानक्शी प्रान्तमा शियांग बस्ने गर्छन् । बच्चालाई चिल्ड्रन्स अस्पताल अफ चोककिंग मेडिकलमा भर्ना गरीएको थियो । अनान सडकमा बेहाल अवस्थामा भेटिएका थिए ।

सडकमा भेटिएको उक्त बच्चाको मुटु छाति भित्र राख्नको लागि मुटुरोग विशेषज्ञ वु चुनले टाईटेनियम प्लेटको प्रयोग गरीएको बताएका छन् । उनको जीवनमा यस्तो गम्भिर शल्यक्रिया गरेको पहिलो पल्ट भएको बताएका छन् । बच्चाको उपचार खर्चको लागि अस्पतालका कर्मचारीले करीब २० हजार युनान चन्दा उठाएका थिए ।



प्रतिक्रिया दिनुहोस्