काठमाडौं, १० वैशाख । महालक्ष्मी नगरपालिकाको बोजेपोखरी नागरिक समाजले दैनिक ज्यालादारी गरेर जिविकोपार्जन गर्नेका लागि खाद्यान्न सहयोग गर्दै आएको छ । समाजलाई विभिन्न क्षेत्रबाट सहयोग भइरहँदा महालक्ष्मीकै हाम्रो युवा समूहले आर्थिक सहयोग गरेको छ ।
हाम्रो युवा समूहका संयोजक विवेककुमार कार्कीले १० हजार नगद सहयोग गरेका छन् । सहयोगपछि बोजेपोखरी नागरिक समाजका जय केसीले धन्यवाद दिए । हाम्रो युवा समाजका विवेककुमार कार्कीले संकटका बेलामा सहयोग गर्न पाएको भन्दै धन्यवाद व्यक्त गरे ।
सहयोग हस्तान्तरणमा काँग्रेस महालक्ष्मी नगरपालिका काँग्रेस कोषाध्यक्ष राजन बिष्ट, १ देखि ४ काँग्रेस वडा संयोजक प्रकाश पराजुली, वडा नं ३ का सदस्य सानुकाजी महर्जन र युवा नेता अशोक बिष्ट समेत सहभागी थिए ।
हाम्रो युवा समूह र बोजेपोखरी नागरिक समाज कोरोना भाइरसको संक्रमण रोकथाम र लकडाउनले दैनिक खानपिनमा समस्यामा परेकाको सहयोगमा सक्रिय रहँदै आएका छन् । यतिबेला जिल्लाभर विवेककुमार कार्की र जय केसीको योगदानको चर्चा चलिरहेको छ ।