Logo

कुकुर कुकुर्नीको विवाह, ५ सय जना पाहुना



गुजरातको एक परिवारमा पामरियन नस्लको कुकुर र कुकुर्नीको बीचमा विवाह गराइदिएका छन् । केही महिना अघिदेखि एकले अर्कालाई मन पराएको महसुस गरीरहेको कुकुरको मालिकले विचार गरिरहेका थिए । एकदिन यी दुईको विवाह गर्ने फैसला गरे । धुमधामसँग गरीएको अनौठो विवाहमा ५ सय भन्दा बढी पाहुना बोलाइएको थियो भने उपस्थिती पनि त्यत्ति नै थियो ।

ओडिसा बस्ने निसन्तान दम्पत्ति अभिमन्यु नाइक र प्रतिमाले आफ्नो कुकुर गुडुललाई सन्तानको समान पालेका थिए । अभिमन्यु टैक्सटाएल कम्पनीमा काम गर्छन् । आफ्नो कुकुरको चिन्ता त्यतिबेला लाग्यो जब आफ्नो गुडुलको पछि एक मेल पामेरियन कुकुर मोती लागेको देखे । मोतीले निरन्तर पछि लागेको थियो ।

अभिमन्युले मोतीको मालिकलाई खोजेर आफ्नो कुकुर नियन्त्रण गर्न आग्रह गरे तैपनि मोती पछि लाग्न भने छाडेन । यस्तो देखेपछि दुवैको विवाह गर्ने फैसला गरे ।

दुई कुकुरको विवाहमा दुई परिवारबाट ८० हजार भारतीय रुपैयाँ खर्च भएको छ । मोतीले तीन ग्राम सुनको चेन सहित केही उपहार पनि प्राप्त गरे । गुडुललाई नयाँ कपडा, गहना र ब्युटि प्रोडक्ट दिए । पाहुनाहरुले शाकाहारी र मांसाहारी व्यन्जनको साथमा संगीतको फाइदा उठाए ।



प्रतिक्रिया दिनुहोस्