Logo

कोरोनाबाट बच्न विसाक्त रक्सी सेवन गर्दा सात सय २८ को मृत्यु



तेहरान, बैशाख १८ । रक्सी सेवन गर्दा कोरोना भाइरसको सक्रमणबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासका कारण इरानमा विषाक्त मादक पदार्थ सेवन गर्दा सात सय २८ जनाको मृत्यु भएको छ । रक्सी खादा कोरोना नलाग्ने बारे अन्धविश्वासका कारण अत्यधिक रक्सी सेवन गरेकाहरूको मृत्यु भएको अन्र्तराष्ट्रिय समाचारहरुले बताएका छन्।

गत फेब्रुअरी २० देखि अप्रिल ७ सम्ममा उनीहरूले अत्यधिक रक्सी सेवन गरेका थिए। इरानमा गत वर्ष पनि विषाक्त रक्सी सेवनका कारण ६६ जनाको मृत्यु भएको थियो।एजेन्सी



प्रतिक्रिया दिनुहोस्