Logo

रातो कलमले लेखे मृत्यु हुने विश्वास भएको देश



बिरालोले बाटो काटेमा बाटो नै परिर्वतन गर्नुपर्छ भनेर त सुनेकै छौ । यस्तो ठुलो अन्धविश्वासमा हामी अझै रुमलिदै छौ । त्यस्तै अर्को अन्धविश्वासको नमुना आज हामी पस्कदैछौ । यो विश्वमा एक यस्तो देश पनि छ जहाँ रातो कलमले लेख्न मनाही छ । वास्तवमा मानिसहरुले रातो कलमले लेखेमा मृत्यु हुने विश्वास गरीरहेका छन् ।

दक्षिण कोरिया त्यस्तो देश हो जहाँ रातो रंगको कलमले लेख्न मनाही छ । यहि अन्धविश्वासको कारण त्यहाका मानिसहरुले बच्चाबाट टाढा राख्छन् । यो कलमले जसको नाम लेखिन्छ उसको मृत्यु निश्चित हुने अन्धविश्वास गरीरहेका छन् । यस्तो अन्धविश्वासमा त्यहाका मानिसहरु हिडेको हुनाले कहिल्यै पनि रातो कलमको प्रयोग गर्दैनन् । (ऐजन्सीको सहयोगमा)



प्रतिक्रिया दिनुहोस्