Logo

एकै बोटमा आलु र गोलभेडा



भारतको लुदना गाउँमा एक किसानको बारीमा आलु र गोलभेडा एकै बोटमा फलेको छ । आलुको बोटमा फलेको टमाटर हेर्नेलाई मानिसहरुको लर्को लाग्ने गरेको छ । किसान रणबीरले अचम्मको आलुको बिऊ भेट्टाएका थिए । उनले लगभग ६ महिना अघि आलुको बोरा भेट्टाएका थिए । उक्त भेट्टाएको आलु राम्रो र ठुलोलाई तरकारी बनाए भने सानो आलु खेतमा रोपिदिएको बताएका छन् ।

जब आलुको विरुवा बढ्दै गयो फुल निक्लन थाल्यो फुलेको एक साइडबाट गोलभेडाको फलको आकार देखियो र फोरेर चाख्दा पनि गोलभेडाको नै स्वाद आउने गरेको छ । उनले रोपेको आलुको माथिल्लो भागमा गोलभेडा त तल्लो भागमा आलुको गुच्छा रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्