Logo

बिना गर्भ भेडाले जन्मायो बच्चा



इंग्ल्याण्ड, नाटिघमशायरमा बस्ने किसान एंथोनी मुरे आफुले पालेको भेडालाई देखेर आश्र्चयमा परे जब गर्भवती नै नभएको भेडाले दुईटा बच्चाको जन्म दियो । उनले केही दिन अघि मात्र भेडाको अल्ट्रासाउण्ड गर्दा भेडा गर्भवती थिएन् । उसले जन्माएको दुइटै बच्चा भने निकै स्वस्थ्य रहेका छन् । शर्ली नाम गरेको उक्त भेडाले बच्चा पाएको देखेर आसपासका छिमेकी पनि धेरै दंग परेका छन् । ती किसानले क्रिसमसको लागि सौगात मिलेको बताएका छन् ।  (एजेन्सीको सहयोगमा )



प्रतिक्रिया दिनुहोस्