Logo

इटालीमा लकडाउनसँग प्रेम खुल्यो,मास्कमा रोमान्स



२५ वैशाख : करिब दुई महिनाको लकडाउन खुकुलो भएसँगै इटलीमा प्रेमी जोडीहरु देखिन थालेका छन् ।इटलीका सडकहरुमा हाल जोडीहरु रोमान्स गरिरहेको देख्न सकिन्छ ।इटलीले लकडाउन खुकुलो गर्ने अनुमति दिएसँगै मानिसहरु एकआपसमा भेटघाट गर्न थालेका छन् ।

यससँगै जोडीहरु एक आपसमा अंकमालसँगै चुम्बन पनि गरेका दृश्य पनि बाहिरिएका छन् ।सोही क्रममा इटलीका रोमियो र जुलियटको पनि मिलन भएको छ । पछिल्लो समय यता इटली वेरोनाका चर्चित जोडी मिसेल डि अल्फासो र पाओला एग्नेलीको भेट भएको छ ।
लकडाउन खुलेसँगै उनीहरुकोे भेट भएको भन्दै पाओलाले आफ्नो इन्स्टाग्राममा तस्बिर पोष्ट गरेकी हुन् ।यो उनीहरुको पहिलो भेट हो । यी जोडीको लकडाउनका क्रममा बालकोनीबाट एकअर्कालाई हेरेर प्रेम भएको हो ।

इटली लकडाउनको दोश्रो चरणमा प्रवेश गरेसँगै इटली सरकारले मानिसहरुलाई व्यायाम तथा खानाको किनमेल, तथा भेटघाटमा पनि केही सय मिटरको दुरी कायम गर्नुपर्ने नियम लागु गरेको छ । इटलियनहरु कुनै कारण बिना बाहिर देखिएमा सोधपुछ,जरिवाना तथा जेल सजाय हुने भनिएको छ ।

तर लाखौँको संख्यामा मानिसहरु मास्क लगाएर आफ्ना प्रियजनलाई भेटेका दृश्य अन्तराष्ट्रिय संचारमाध्यमले प्रकाशित गरेका छन् ।भेनिसको सेंट मार्कस् स्कावयर लगायतका स्थानमा भीड देखिएको छ भने परिवारहरुको पुन मिलनका तस्बिरहरु पनि संचारमाध्यममा प्रकाशित भएका छन् ।

लण्डनको इम्पिरियल कलेजको रिपोर्ट अनुसार इटलीले लकडाउन खुकुलो बनाउँदा दोश्रो भयानक कारोना महामारी सिर्जना हुन सक्ने संभावना छ । इटलीमा कोरोना भाइरसका कारण २९ हजार भन्दा बढीले ज्यान गुमाइसकेका छन् ।मेरोलागानी



प्रतिक्रिया दिनुहोस्