Logo

बिवाहको तीन दिनसम्म बेहुला बेहुलीलाई चर्पी जान रोक



काठमाडौं, बैशाख २५ । संसारमा विवाह बन्धनमा बाधिने विभिन्न नियम र धर्म अनुसारका चलनहरु चल्तीमा रहेका छन् ।विवाह हुनुभन्दा अगाडि प्राय सबै धर्म जात अनुशारको आफ्नै बिभिन्न विधि अपानाउने गर्छन ।

नेपालमा नै विभिन्न धर्म र जातीका मानिसहरु आफ्नो परम्परा अनुसार विवाह समारोह गर्दे आएको हामीले देख्दै आएका छौ । तर, इन्डोनेसियाको टीन्डागं समुदायको चलन हामीले देखे सुने भन्दा फरक रहेकाले हामीलाई केहि रोचक लाग्न सक्छ ।

यस विधिलाई यो समुदायले महत्वपुर्ण सम्झन्छन् । यसैले मानिसहरुले निष्ठापुर्वक यो विधि गर्दछन् । यो समुदायमा विवाह गरेको तीन दिनसम्म दुलहा दुलहीलाई चर्पी जान दिदैनन् । स्थानिय समुदायको अनुसार विवाह पवित्र समारोह हो, चर्पी जानाले उनीहरुको पवित्रता भंग हुने हुनाले वरवधु अशुद्ध हुने विश्वास रहकाले चर्पी जानमा रोक रहदै आएको छ ।

नव दम्पतीलाई नराम्रो नजरबाट बचाउन सकिने धार्मिक विश्वास रहेको छ । दम्पत्तिमाथी नकरात्मक नजर लाग्ने र वैवाहिक सम्बन्ध नै बिग्रने संम्भावना हुने हुनाले चर्पी जानबाट रोक लगाएको हो ।

नव दम्पति मध्ये एक जनाको ज्यान नै चर्पी जाँदा खतरामा पर्न सक्ने भन्ने टीन्डागं समुदायमा अन्धविश्वासको कारण यो तीन दिन सम्म खाना पनि कम दिइन्छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्