- कुनै पनि हालतमा तीन चीज लुक्न सक्दैन, सुर्य, चन्द्रमा र सत्य ।
- जीवनमा कुनै उद्देश्यसम्म पुग्न भन्दा धेरै महत्वपुर्ण त यात्रा राम्रोसँग सम्पन्न गर्नुपर्छ ।
- खराब कहिल्यै हटाउन सकिदैन, घृणालाई केवल प्रेमले मात्र हटाउन सकिन्छ, यो एक अटुट सत्य हो ।
- सत्य मार्गमा हिड्ने व्यक्ति केवल दुई गल्ति मात्र गर्न सक्छ, पहिलो बाटो तय नगर्ने र दोस्रो फेरी शुरुवात नगर्ने ।
- भविष्यको सपना नबनाउनुहोस, विगतमा नबस्नुहोस्, केवल वर्तमानमा ध्यान दिनुहोस् यहि नै जीवन आनन्दित हुने सहि तरीका हो ।
- जसरी हजारौ बत्तीहरु बालेर प्रज्ज्वलित गर्न सकिन्छ तैपनि बत्तीको प्रकाश कम हुँदैन, त्यस्तै खुशी बाड्दै जाँदा बढ्दै जान्छ, कहिल्यै पनि कम हुँदैन ।
- जीवनमा तपाइँले चाहे जति राम्रो किताव पढेपनि, राम्रो शब्द सुन्नुहोस् तर जबसम्म आफ्नो जीवनमा अपनाउनु हुन्न तबसम्म कुनै फाइदा हुँदैन ।
- सधै क्रोधित हुनु भनेको बलेको कोइला समात्नु सरह हो यसले पहिला आफैलाई जलाउछ ।
- हजारौ शब्द क्रोधमा बोल्नु भन्दा मौन बस्नु राम्रो हो, मौन शब्दले जीवनलाई शान्ती दिन्छ ।
- जीवनमा आफैलाई जित्नु हजार लडाइँ जित्नु भन्दा उत्तम हो, यसमा जित तपाइँको नै हुनेछ । यस्लाई कसैले खोस्न सक्दैन ।