Logo

रक्सीको तालमा सिंहसँग हात मिलाउन खोज्दा…(भिडियोसहित)



हैदरावादको चिडियाघरमा रक्सीको नशामा एक व्यक्तिले सिंहसँग हात मिलाउन भन्दै संरक्षित तारवार भित्र पसेका छन् । मुकेश नाम गरेका ती व्यक्तिलाई सुरक्षित बाहिर निकालीएको छ । उनी सुरक्षाकर्मीको चेतावनी नमानेर जबरजस्ती भित्र पसेका थिए । सिंहको नजिक पुगिसकेका ती व्यक्तिलाई चिडियाघर का कर्मचारीले बचाएका हुन् । पछि उनले रक्सी पिएको वा नपिएको जाँच गरिएको थियो र ती व्यक्ति अत्यधिक मात्रामा रक्सीको नशामा भएको पत्ता लागेको थियो । मुकेश मेट्रो रेलमा मजदुरी गर्छन् ।



प्रतिक्रिया दिनुहोस्