दक्षिण–पश्चिम चीनमा ८ सय मिटर अग्लो पहाड चढेर बच्चाहरु सधै स्कुल जान्छन् । यी बच्चाहरुले सधै खतरनाक र दुर्गम बाटोबाट हिड्न बाध्य छन् । अटुलेर गाउँका बच्चाहरु काधमा झोला राखेर ८ सय मिटर चट्टानमा चढ्नु पर्छ । अब भने उक्त पहाडमा सिढि बन्ने भएको छ तर निकै जोखिम हुनेछ ।
सानो गल्तीले कसैको ज्यान पनि जान सक्ने उक्त पहाड पार गरेर बच्चाहरुले पढाई प्रति देखाएको लगन भने निकै सह्रायिन छ । यो पहाडबाट खसेर ७÷८ जनाको मृत्यु भईसकेको छ । त्यो डरलाग्दो पहाडबाट सधै स्कुल जाने बच्चाहरुको उमेर ६ देखि १५ वर्षको छ ।