Logo

‘विजनेस मिटिङ’ भन्दै प्रेमिका भेट्न जाँदा कोरोना लाग्यो



काठमाडौं, जेठ ४ । घटना केहि समय पहिलेको हो । ब्रिटेनमा एक व्यक्तिले श्रीमतीलाई झुटो बोलेका कारण ठूलो आपत आइपरेको छ । लकडाउनमा घरमै रहेका ति व्यक्ति श्रीमतीलाई ढाटेर कथित गर्लफ्रेन्डलाई भेट्न जाँदा कोरोना संक्रमित हुँदा अप्ठेरोमा परेका हुन् ।

पत्नीलाई झुटो बोलेर प्रेमिका भेट्न गएका उनलाई कोरोना भाइरस पोजेटिभ देखिएपछि उनको कन्ट्रयाक ट्रेसिङ गर्दे जाँदा तिनै प्रेमिकाबाट कोरोना सरेको पुष्टि भएको छ।

उनले पत्नीलाई बिजनेस मिटिङका लागि अफिस जाँदैछु भनेर प्रेमिकालाई भेट्न पुगेको वेलायती समाचार संस्था डेलि मेलले उल्लेख गरेको छ । रिपोर्टका अनुसार उक्त व्यक्तिको नाम गोप्य राखिएको छ भने उनले समेत आफ्नी प्रेमिकाको नाम खुलाएको छैन ।

३० बर्षिय ती पुरुषले संक्रमणपछि आफ्नी प्रेमिकालाई भेटेको बेलायतस्थित ‘पब्लिक हेल्थ कोर्डिनेटर’समक्ष भने स्वीकार गरेका छन् । साथै उनले आफ्नी श्रीमतीलाई प्रेमिकाबाट कोरोना सरेको हो भनेर नभनिदिन समेत डाक्टर समक्ष अनुरोध गरेको समाचारमा उल्लेख छ । हाल उनकी प्रेमिकालाई समेत आइसोलेसनमै राखिएको छ तर फरक स्थानमा । एजेन्सी



प्रतिक्रिया दिनुहोस्