Logo

अन्टार्कटिकामा रगत जस्तै बग्ने पानी



अन्टार्कटिका मानववस्ती नभएको एकमात्र महादेश हो । पृथ्वीको यो अदभुत महादेश अन्य महादेशभन्दा पछि पत्ता लागेको हो । यहाँ अहिलेसम्म विरलै मानिस पुग्ने गर्छन । अन्टार्कटिकालाई हिउँको महादेश पनि भनिन्छ । यसको आफ्नै विशेषता छ । चीसो मौसमा टिक्न सक्ने जीवमात्र रहेको छ ।

अन्टार्कटिकामा टेलर ग्लेशियरको मुहानबाट वेस्ट लेक बोन्नीमा झर्ने पानी रगत जस्तो देखिन्छ । यस्को स्वाद नुनिलो हुन्छ, नुनिलो पानीमा आइरन–अक्साइड धेरै हुनु हुनाले यहाँ पानीको रंग रगत जस्तो देखिन्छ । यो स्थान पुर्वी अन्टार्कटिकाको विक्टोरीया लैन्ड स्थित मैकमुरदो सुखी उपत्यकामा पर्छ ।



प्रतिक्रिया दिनुहोस्