मरेपछि मानिस मायामोहका साथै अन्य सबै बन्धनबाट मुक्ति पाउँछ भन्ने गरिन्छ । तर, दुनियाँमा यस्तो ठाउँ छ जहाँ मरेपछि पनि चिहानको भाडा दिनुपर्छ ताकी शव सुरक्षित रहोस् ।
यस्तो प्रचलन ग्वाटेमालाको हो । त्यहाँ एउटा ठुलो भवनमा चिहान गृह छ जुन चिहान गृहमा महिनै पिच्छे शवको भाडा परिवारजनसँग लिइन्छ । यदि कुनै महिनाको भाडा समयमा नदिएमा शवलाई चिहान बाहिर निकालेर सामुहिक चिहानमा फ्याँकिदिन्छन् । चिहान घर निकै सुन्दर बनाइएको छ जहाँ मानिसहरु शव ल्याउने आशामा बसिरहेका हुन्छन् ।