काठमाडौं, जेठ ३१ । गण्डकी प्रदेशमा शनिबार थप पाँच जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १९७ पुगेको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार जारी गरेको बिज्ञप्ति अनुसार पर्वतका ४ र पूर्वी नवलपरासीका एक जना गरी थप ५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९७ पुगेको हो ।
संक्रमित हुनेमा पर्वतका कुश्मा नगरपालिकाका ६ वर्षीय बालक र १७ वर्षीया युवती तथा जलजला गाउँपालिका स्थायी ठेगाना भएका १७ वर्षीय युवक र महाशिला गाउँपालिका स्थायी ठेगाना भएका १६ वर्षीय युवकमा छन् ।
यस्तै नवलपरासीको बर्दघाट सुस्ता पूर्व (नवलपुर)मा पर्ने मध्यविन्दु नगरपालिकाका ४५ वर्षीय एक जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।