Logo

कुकुरको विवाहमा जन्ती, जोडीका लागि सवा लाखको पहिरन



मानिसको विवाह र महंगा पहिरनको बारेमा त सुनेकै हो तर कुकुरको विवाह र महंगो पहिरनको बारेमा पहिलो पटक सुनिएको हो । यो अस्ट्रेलियाको मेलवर्न शहरमा भएको कुकुरको विवाहको प्रंसग हो । यो विवाहमा बेहुली जेस्मिन नामको कुकुरलाई १ लाख २७ हजार भन्दा बढी मूल्य पर्ने कपडा पहिराइएको थियो ।

दुलाहा भएको जेस्पर कुकुरलाई पनि महंगो शुट लगाइदिएका थिए । यस्तो आश्चर्य लाग्दो विवाहमा ३५० भन्दा धेरै मानिसहरु उपस्थित भई पार्टीको मज्जा लिएका थिए । जेस्मिनको ड्रेस अस्टे«लियाका चर्चित डिजाइनरले तयार पारेका हुन् । रेस्क्यु एंड अडोप्शन विक्टोरिया नामको सस्थाले आयोजना गरेको हो । सस्थाका अनुसार उनीहरुबीच ७ वर्षदेखि प्रेमसम्बन्ध चल्दै आएको बताइएको छ । विवाहमा उपस्थित मानिसहरुले आफ्नो घरको कुकुर पनि ल्याएका थिए । एजेन्सी



प्रतिक्रिया दिनुहोस्