स्कटल्यान्डमा बस्ने जेसी गेलेन १०९ वर्षकी भइन् । उनी देशकै सबैभन्दा धेरै उमेर को महिला पनि हुन् । उनले हाल १०९ वर्षको जन्मदिन मनाएकी छिन् । जन्मदिन मनाउने क्रममा उनले लामो समय बाच्नुको राज पनि खोलेकी छिन् ।
उनले दैनिक एक्सरसाइज गर्ने, खिचडी खाने र अन्य मिठा खानपानबाट टाढा हुनु पर्ने बताएकी छिन् । अझ उनले लामो आयुको हुनुको अर्को महत्वपुर्ण कुरा पनि बताएकी छिन् । त्यो हो पुरुष । उनले पुरुषबाट टाढा हुनु सबैभन्दा महत्वपुर्ण कुरा भएको बताएकी छिन् । सन् १९३१ मा पतिको निधन भएपश्चात ८३ वर्ष देखि उनी पुरुषबाट टाढा रहेको बताएकी छिन् । विवाह अघिपनि उनका ५ दिदिबहिनी र एक भाई थिए । एजेन्सी