काठमाडौं, ८ असोज । अल्बर्ट आइन्स्टाइनको नाम हामीले पक्कै सुनेको हुनु पर्छ । अल्बर्ट आइन्स्टाइन आधुनिक बिज्ञानका एक प्रसिद्द बैज्ञानिक हुन्। उनको “थेवरी ओफ रिलेटीभिटी” एक प्रसिद्द फिजिक्स किताब आज हामीले अध्ययन गरिरहेका छौ।
विश्व विख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले आफ्नो जीवनमा कहिल्यै कपाल कोरेनन् भन्ने मिथ्या त हामी सबैले सुन्दै आइरहेका छौँ । यो मिथ्या मात्र थियो कि तथ्य नै थियो, यो त आइन्स्टाइनका नजिकका मित्र अथवा आफन्तहरुलाई थाहा होलान् । तर तपाईंलाई के थाहा छ, आफ्नो ठेगाना बिर्सने अल्बर्ट आइन्स्टाइनका बारेमा पढ्नुहोस ।
कुनैबेला आइनस्टाइन प्रिन्सटन विश्व विद्यालयमा अध्यापन गर्थे । एकदिन अफिसबाट घर फर्कने क्रममा उनले आफ्नो घरको ठेगाना नै बिर्से । उनले एकजना ड्राइबरसँग आइनस्टाइनको घर कहाँ हो भनी सोधे ।
ती चालकले आइनस्टाइनलाई चिन्दा रहेनछन् । त्यसैले उनले आइनस्टाइनलाई प्रिन्सटनभरीका सबै मानिसहरुलाई आइनस्टाइनको घर थाहा भएको बताउँदै उनलाई आइनस्टाइन भेट्न चाहेको हो भनी प्रश्न गरे । जब उनले आफू नै आइनस्टाइन भएको बताए तब बिना गाडी भाडा नै ती चालकले उनको घर पुर्याइदिए ।
आइनस्टाइनलाई सधै उनकी श्रीमतीले काममा जाँदा औपचारिक कपडाहरु लगाउन आग्रह गर्थिन् । उनले सधै श्रीमतीसँग तर्क गर्दै भन्ने गर्थे, ‘मलाई सबैले चिनेकै छन् । किन राम्रो लगाउन पर्यो १’ एकदिन जब आइनस्टाइनले आफ्नो महत्वपूर्ण सम्मेलनमा उपस्थित हुनुपर्ने भयो तब उनकी श्रीमतीले उनलाई राम्रो कपडा लगाउन बिन्ती गरिन् । तर श्रीमतीलाई उनले यस्तो जवाफ दिए, ‘मलाई त्यहाँ कसैले चिन्दैन किन राम्रो लगाउनु पर्यो ।’
आइनस्टाइन एकपटक प्रिन्सटनबाट ट्रेनमा कतै जाँदै थिए । जब ट्रेनका कन्डक्टरले उनीसँग टिकट मागे तब उनले आफ्नो टिकट भेट्टाउन सकेनन्, तब कन्डक्टरले उनलाई आफूले आइनस्टाइनलाई चिनेको बताउँदै उनले टिकट लिएको आफूलाई विश्वास भएको बताए ।
उनलाई टिकटको लागि चिन्ता नलिन भने । त्यसपछि कन्डक्टर टिकट माग्दै अर्को कम्पार्टमेन्टतिर लागे तब फर्केर हेर्दा पनि महान् भौतिकशास्त्री अझैपनि आफ्नो टिकट खोजिरहेको देखेर उनले आइनस्टाइनको नजिक आएर भने, ‘डक्टर आइनस्टाइन मलाई थाहा छ तपाई को हुनुहुन्छ भनेर ।
त्यसैले तपाईलाई टिकटको आवश्यकता छैन ।’ त्यस समय आइनस्टाइनले कन्डक्टरलाई सम्झाउँदै भने, ‘ए भाइ १ यो त मलाई नि थाहा छ म को हो भनेर तर अहिले मलाई थाहा नभएको कुरा भनेको म कहाँ जादैँ छु भन्ने हो ।’
आइनस्टाइनलाई धेरैजसो मानिसहरु ‘सापेक्षतावादको सिद्धान्तको’ बारेमा व्याख्या गर्न लगाउँथे । यसबारेमा उनी भन्ने गर्थे, ‘एक मिनेटको लागि तपाई आफ्नो हात तातो स्टोभमाथि राख्नुहोस् ।
त्यो एक मिनेट तपाईलाई एक घण्टा बराबर लाग्छ तर, तपाई एकजना राम्री केटीसँग एक घण्टा समय बिताउनुहोस् तर त्यो एक घण्टा तपाईलाई एक मिनेट बराबर लाग्छ । हो यही हो ‘सापेक्षतावादको सिद्धान्त ।’
एकपटक आइनस्टाइनले चार्ली च्याप्लिनलाई भेटे । उनले चार्लीलाई भने, ‘म तपाईको कलाको प्रशंसा गर्दछु, यो एकदमै सुन्दर छ । तपाई एउटा शब्द पनि बोल्नु हुँदैन तर पनि संसारले तपाईलाई बुझेको छ ।’ त्यसको प्रतिक्रियामा चार्लीले भने, ‘तर तपाईको ख्याती त यो भन्दा नि माथि छ । विश्वले तपाईलाई यति हुँदा नि प्रशंसा गरेको छ, जब कसैले तपाईलाई बुझेको नै छैन ।’
अल्बर्ट आइन्स्टाइनको मृत्यु पश्चात उनको मस्तिष्क चोरी भएको थियो। उक्त चोरी आइनस्टाइनका शरीर को शव परीक्षा को इन्चार्जले गरेका थिए। उनले आफ्नो जीवनकालमा काहिल्यै मोजा लगाएनन।
ज्युरिक पोलिटेक्निकमा सँगै पढेका आइन्स्टाइन र मलेभा मारिकले सन् १९०३ मा विवाह गरेका थिए । तर सन् १९१९ मा उनीहरुको पारपाचुकेपश्चात आइन्स्टाइनले आफ्नै आमाको बहिनीको छोरी एल्सा लोविन्थलसँग विवाह गरे ।
एल्साकी आमा र आइन्स्टाइनकी आमा दिदी–बहिनी त थिए नै, त्यसमाथि एल्साको बुबा र आइन्स्टाइनका बुबा पनि दाजु–भाइ अयग थिए । त्यसैले एल्सा र आइन्स्टाइन नजिकका नातेदार थिए ।
९सन् १९०१ मा आइन्स्टाइन र मलेभाको सम्बन्ध बसेको थियो । कलेजको छुट्टीको समय इटलीको लेक कोमोमा छुट्टी मनाएको जोडीले छुट्टीपश्चात मलेभाको गर्भ बसेको थाहा पाए । त्यति बेलाको समयमा विवाहपूर्व यस्तो सम्बन्धबाट जन्मने शिशुलाई समाजले सहजै स्वीकार गर्दैनथ्यो ।
आइन्स्टाइनसँग मलेभासँग विवाह गर्नको लागि र परिवार धान्नको लागि पैसाको अभाव भएको कारण मलेभा माइत गएर बसेकी थिइन् । उनले माइतमैं छोरीको जन्म दिइन् जसको नाम लिसरी राखियो ।
यद्यपि आइन्स्टाइनकी छोरी लिसरीलाई के भयो भन्ने कुराको जानकारी कसैलाई पनि छैन । आइन्स्टाइनका चिठीहरुमा लिसरीको नाम कहिँकतै उल्लेख छैन। अन्तिम पटक उनको नाम आइन्स्टाइनको चिठीमा सन् १९०३ मा उल्लेख भएको थियो । लिसरीलाई स्कार्लेट फिभर नामक रोग लागेर मृत्यु भएको विश्वास गरिन्छ ।एजेन्सी