Logo

बाह्रबिसे बाढीका मृतक परिवार र गम्भीर घाइतेलाई एक लाख राहत



मेलम्ची, २५ असार : सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले जम्बु बाढीका मृतक परिवारलाई किरिया खर्चबापत तत्काल रु एक लाख राहत उपलब्ध गराउने भएको छ ।

यसैगरी गम्भीर घाइतेको उपचारका लागि पनि सोही बराबरको रकम उपलब्ध गराउने तथा सामान्य घाइतेको उपचारको सम्पूर्ण व्यवस्था गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए ।

“बाढीबाट विस्थापित भएकालाई मध्यभोटेकोशी जलविद्युत् आयोजनाको आवास गृहमा राखिएको छ”,उनले “अन्य केहीलाई सुरक्षित स्थानमा टेन्टमा राखिएको छ ।” भोलि नै विस्थापितहरुलाई थप सुरक्षित स्थानमा लगिनेछ ।रासस



प्रतिक्रिया दिनुहोस्