Logo

इटलीमा ८० रुपैयाँमा खरिद गर्न पाइने घर



मानिसहरुले आफ्नो जीवनमा एउटा घर बनाउन सबैलाई इच्छा हुन्छ । आफ्नो जग्गा अनुसार कहिलेकाही घर बनेको हुँदैन । कहिले पैसाको कारण त कहिले अन्य कारणले भनेको जस्तै हुँदैन । तर इटलीमा ८० रुपैयाँमा घर किन्न सकिन्छ । वास्तविक कुरा हो ।

इटलीको द्धिप सिसिलीमा भएको एक नगर परिषद विदेशीन लागेका मानिसहरुलाई रोकी संबुका गाउँमा बस्न सहयोग गरीरहेको छ । यो गाउँमा भएको घरको मुल्य १ युरो वा ८० रुपैयाँ तोकिएको छ । संबुका गाउँमा घट्दै गएको जनसख्या र आवादीलाई मध्य नजर गर्दै यस्तो योजना ल्यााएका हुन् । जुन घर खाली हुन्छ त्यो घर ८० रुपैयाँमा बेचिदिन्छन् ।

५८ सय जनसख्या भएको उक्त स्थानका सबैजना मानिसहरु शहरमा बसोबास गर्न जाने क्रम बढ्दै गएको छ । नगर परिषदले कानुनी कारबाही पुरा गरेर विदेशीहरुले खरिद गरिरहेका छन् । पत्रकार, लेखक, संगीतकार, र राम्रा मानिसहरुले घर खरिद गरिरहेका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्