Logo

५३ वर्षअघि स्कुल पढ्दाको झगडामा बदला लिन हत्या



स्कुल कलेजको साथी जिन्दगीभर रहन्छ । तर सँग सँगै त्यहि साथीले गरेका अपमान जिन्दगी भर भुलिदैन । त्यस्तै थाइल्यान्डमा एक व्यक्तिले ५३ वर्ष अघि गरेको झगडालाई लिएर आफ्नै साथीको हत्या गरिदिएका छन् । उनलाई हाइस्कुल पढ्दा एक साथीले धम्क्याउने र डराउन दिने गर्दथे । धेरै वर्ष अघि देखि मनमा त्यहि कुराले उनलाई पिरोलिरहन्थ्यो । र एकदिन साथीको हत्या गरेर बदला लिए ।

थनापट अनाकेस्री नामका ६९ वर्षका व्यक्तिलदे स्कुल जीवनमा भएको घटनाको बदला ५३ वर्षपछि लिए । एकदिन थनापट स्कुल रि–युनियनमा पुगेक थिए । त्यहाँ उनका पुराना लडाकु साथी पनि गएका रहेछन् । जो सँग उनको वर्षौ देखिको रिस थियो । उनीहरुबीचमा वादविवाद शुरु भयो र अन्त्यमा आफ्नै कक्षाका साथीको हत्या थनापटले गरे ।

उनीहरु १६ वर्षका उमेरमा भएको झगडाको विषयमा रियुनियनमा कुरा निस्कियो र वाद विवाद चल्यो र थनापटले आफुसँग माफि माग्न आग्रह गरेपनि कोसामत साथीले नमानेपछि थनापटले गोली चलाएका थिए । उनको गोली लागेर कोसामतको घटनास्थलमा नै निधन भयो । उनीहरुका अन्य साथीहरुले थनापटमाथी अन्याय भएको सबैलाई थाहा थियो तर अहिले आएर यसरी बदला लिन्छ भन्ने नसोचेको प्रतिक्रिया दिएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्