Logo

दुई युवतीसँग प्रेममा परेपछि दुवैसँग एकै पटक विवाह



विवाह त एकजनासँग मात्र हुन्छ र सात जुनीसम्म सँगै मर्ने र सँगै बाच्ने कसम खाइन्छ । जति दुःख परेपनि सँगै गर्ने वाचा गरिन्छ । तर इन्डोनेशियामा एक व्यक्तिले एकै पटक दुई युवतिसँग विवाह गरेका छन् । एक युवा २ युवतिसँग एकैपटक डेटमा गइरहन्थे । दुवैको माया धेरै लागेकोले कसैको पनि मन नदुखाउन दुवैजनासँग विवाह गरेका हुन् । एकै मण्डपमा एक पुरुषको दुई युवतिसँग भएको विवाह सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

एक मिडियाको अनुसार युवतिका परिवारहरुले पुरुषलाई दाइजो स्वरुप धेरै पैसा पनि दिएको बताएका छन् । इन्डोनेसियामा दुलहीको पक्षबाट दुलाहाको पक्षलाई दाइजो दिनु सामान्य कुरा हो ।

इन्डोनेशियामा एक पुरुषले ४ महिलासँग विवाह गर्न सक्ने नयाँ कानुन बनेको छ । ती पुरुषले दुवैको मन दुखाउन नचाहेकोले दुवैसँग विवाह गरेको अन्र्तवार्तामा बताएका छन् । एजेन्सी



प्रतिक्रिया दिनुहोस्