Logo

रुखमा बसेर खाने र सुत्ने बाबा



मानिसको इच्छा पनि अचम्मको हुन्छ । भारतको उत्तर प्रदेशमा रुखमाथि बस्ने ‘बादर बाबा ’ लाई हेर्ने मानिसको भिड लाग्ने गरेको छ । ६० वर्ष पार गरेका यी बाबामा नर बादरको जस्तो क्षमता छ । बहराइचको सजौलीमा यी मानिस रुखमा खाने र सुत्ने गर्छन् ।

जोगीको वस्त्रमा रहने एक साधुको भेषभुषा धारण गरी बस्ने यी मानिस ‘बादर बाबा’ नामले चिनिएका छन् । उनले आफुलाई हनुमानको परम भक्त भएको बताउदै हनुमानले केहि खास गुण प्रदान गरेको दाबी गरेका छन् । उनले आफुलाई भगवान हनुमानको विशेष आर्शिवाद भएको बताए । उनले रुखमा चढ्ने, रुखमै बस्ने, सुत्ने र रुखमै ध्यान गर्ने गरेको बताएका छन् ।

प्रहरीले सम्झाएर पठाउदा पनि उक्त स्थानमा फेरी फर्केर आएका थिए । उनलाई हेर्ने मानिसको भिडभाड बढेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्