Logo

पति पत्नी सम्बन्ध विच्छेद गर्न जाँदा…



पति पत्नी त एक अर्कालाई साथ दिने र माया गर्ने हुनुपर्छ तर कोही यही नाता सम्बन्धलाई नमानेर एक अर्कालाई दुस्मनको रुपमा हेर्न पुग्छन् । पति पत्नीसँग जोडिएको एउटा केस सर्वाेच्च अदालतसम्म पुगेको छ ।

एक जोडीले दुई जना छुट्टीन चाहेको भन्दै ६७ पटक मुद्दा दर्ता गराएका थिए । भारतीय मुलका अमेरिकी नागरिक आफ्नो पतिको विरुद्धमा ५८ पटक मुद्दा दर्ता गरीन् । पत्नीको विरुद्धमा पतिले जम्मा ९ पटक दर्ता गरे ।

महिलाले केस दर्ता गर्नुको कारण घरेलु हिंसा, बच्चालाई कस्टडीमा बस्न बाध्य बनाउने, र दाइजोको कारण बताएकी थिइन् । २००३ मा उनीहरुको विवाह भएको थियो । पहिला सम्बन्ध राम्रो भएपनि पछि बच्चा जन्मेपछि बिग्रन थालेको उनीहरुले बताउँछन् ।



प्रतिक्रिया दिनुहोस्