Logo

शरीरमा रुखका हाँगा, २५ पटक गरीयो अपरेसन



दनियाँमा आश्चर्य लाग्दा मानिसहरु बस्छन् । कसैले खानेकुरा काँचै खान्छन् भने कोही आगोमा हाम फाल्छन् । तर एक व्यक्ति यस्ता पनि छन् जसको शरीरलाई भगवानले संरचना नै फरक ढंगले बनाइदिएका छन् । यी व्यक्ति बंगलादेशको हो । उजको शरीरमा रुखका जरा उम्रिएका छन् ।

अब्दुल बजनदारको शरीरको संरचना नै सामान्य मानिसको भन्दा अर्कै छ । वास्तवमा उनी रोगले गर्दा शरीर बिग्रिएको हो । आफ्नो अनावश्यक शरीर देखेर निकै चिन्तित छन् उनी । रोगको कारण हात र खुट्टामा रुखका हाँगा जस्ता आकृति उम्रिरहेको छ । उनले यसको उपचारमा २५ पटक अपरेसन गरिसकेका छन् । यद्यपि समस्या भने कम भएको छैन् ।

उनले दुखाई धेरै हुनाले रातभर सुत्न नसकेको बताउदै आएका छन् । अब्दुलले डाक्टरले हात काटेर फालिदिए केहि राहत हुने आशामा बाचेका छन् । यस्तो अजिबको रोगलाई डाक्टरहरुले एपिडर्मोडिसप्लासिया वेरुसीपारमिस नाम दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्