Logo

आफूलाई डस्ने सर्पलाई टोकेपछि…



भारतको गुजरातमा एउटा आश्चर्यको समाचार आएको छ । जहाँ ६० वर्षिय व्यक्तिले सर्पलाई टोकी दिएका छन् । सर्पले डसेको केहि समयमा उक्त व्यक्तिको निधन भयो तर मर्नुअघि पर्वत गाला नामका व्यक्तिले सर्पलाई टोकी दिएका थिए ।

पर्वत जुन स्थानमा बसिरहेका थिए त्यहाँ कतैबाट सर्प एक्कासी आयो । सबै मानिसहरु सर्पलाई देखेर भाग्न थाले तर ती व्यक्ति उभिएर सर्पलाई समाते । उनले सर्पलाई समातेपछि सर्प रिसाएर पर्वतको हात र अनुहारमा डस्यो । सर्पले डसीदिएपछि पर्वतले पनि सर्पलाई टोकेर मारीदिए । त्यहीं सर्प मर्यो । सर्पले डसेको केहि समयमा पर्वतको पनि निधन भयो । एजेन्सी



प्रतिक्रिया दिनुहोस्